केरुङ प्रवेशको लागि चिनले रसुवा वाहिरका चालकलाई पनि प्रवेश पास दिने

विदुर खबर २०७६ असार २० गते १४:२८

नुवाकोट असार २०, रसुवा बाहिरका चालक तथा सहचालकलाई १५ दिने अस्थायी अनुमति पत्र (पास) दिनका लागि चिनियाँ पक्ष सहमत भएका छन् ।

Advertisement

गएको फागुन अन्तिमबाट पास दिने काम सुरुवात भएको भएपनि बढीमा सात दिनसम्म दिने गरिएको थियो । त्यसका लागि राहदानीमा चिनियाँ पक्षले छाप लगाएर अनुमति दिने गरेको थियो । यो पास पाएपछि कन्टेनरका चालक तथा सहचालक चीनको केरुङसम्म जान पाउँछन् । रसुवाको स्याफ्रुबेसीमा बुधबार बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले पासको व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

केही समयका लागि राहदानीमा छाप लगाएर १५ दिने अनुमति दिने सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘केही समयका लागि राहदानीमा छाप लगाएर १५ दिने पास जारी गर्छन, उनले भने, यसको व्यवस्थापन भइसकेपछि पास नै उपलब्ध गराउने छ ।’ त्यसैगरी बैठकमा बाहिरी नागरिकका लागि चीन प्रवेशका लागि एक दिने प्रवेशाज्ञा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न लागि जोइन्ट कमाण्ड सेन्टरको स्थापना गर्ने, सुन तस्करी नियन्त्रणका लागि दुबै देशले चेकजाँच बढाउने तथा महिलाहरू बेचबिखनमा पर्ने समस्या समाधानको लागि दुबै देशले निगरानी बढाउने सहमति भएको छ ।

Advertisement

प्रतिक्रिया