साङ्लाको कारण लाग्नसक्छ यस्ता रोग
गर्मी बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुख दिन्छ । अहिले यस्ता घर सायदै होला, जसलाई साङ्लाले नसताएको होस् । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलाई बिगार्छ । फोहोर फैलाउँछ । खानेकुरालाई दुषित बनाइदिन्छ ।
साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन गर्दा पेटसम्बन्धि समस्या हुन्छ । त्यसैले गर्मी याममा साङ्लाको संक्रमणबाट बच्न विशेष सर्तकता अपनाउनुपर्छ ।
साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर, यो यस्तो जीवन हो, जो हजारौं, लाखौं बर्षदेखि धर्तीमा छन् । हरेकजसो घरमा साङ्ला पाइन्छ । घरको कुनाकाप्चामा साङ्ला नै साङ्ला भेटिन्छ । बेडरुम, भान्सा जताजतै साङ्ला हुन्छ । यस्ता साङ्लाले खानेकुरा दुषित बनाउँछ । त्यस्तो खानेकुरा सेवन गर्दा हामीलाई पेटको समस्या हुन्छ । वान्ता वा पखला लाग्न सक्छ ।
फूड प्वाइजन
साङ्लाको कारण फूड प्वाइजन हुने संभावना रहन्छ । यसका साथै टाइफाइडको पनि समस्या हुनसक्छ । किनपनि यस्तो हुन्छ भने, साङ्ला सैलमोनेला नामक भाइरस फैलाउने प्रमुख श्रोत हो ।
एलर्जीको खतरा
साङ्लाको कारण एलर्जीको समस्या हुन्छ । यसले छालामा समस्या ल्याउन सक्छ । खासमा साङ्लाले मुखबाट र्याल निकाल्छ । त्यस्तो र्याल भान्साको कुनैपनि सामानमा रहनसक्छ । भाँडावर्तन, खानेकुरामा र्याल रहन्छ । साथै ओड्ने ओछ्याउनेमा पनि साङ्लाको र्याल रहन्छ, जसले एलर्जीको समस्या ल्याउँछ ।
ब्याक्टेरियाको कारण संक्रमण
साङ्लाको पेटको जिवाणु खानामा पर्छ । यसले पाचन क्रियामा समस्या उत्पन्न गर्छ । एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ । यो यूरिन ट्रेक्ट इन्फेक्सन, पाचन सम्बन्धी समस्या र सेप्सिसको कारण बन्छ ।
दमको समस्या
साङ्ला दम रोगीका लागि त सत्रु नै हो । घरमा साङ्ला धेरै बढ्नु भनेको दम रोगीको लागि थप समस्या निम्त्याउनु हो ।
कसरी बच्ने ?
– घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । साङ्ला बस्ने कुनाकाप्चामा दिनहुँ सफा गर्नुपर्छ । किनभने त्यस्ता ठाउँमा साङ्लाले आश्रय लिने गर्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया