राष्ट्रियसभाको पहिलो बैठक : अन्तरिम कार्यविधि पारित गरेर सकियो
विदुर खबर
२०७४ फागुन २१ गते ११:३८
२० फागुन, काठमाडौं । राष्ट्रियसभाको पहिलो बैठक राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेर भोलिसम्मका लागि स्गथति भएको छ ।
संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न दलीय छलफलमा तयार भएको अन्तरिम कार्यविधि पारित गरेको हो ।
ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा भएको बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरु नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।
सोमबारको बैठकमा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न तीन जना सांसद मनोनित गरिएको छ । जसमा एमालेका परशुराम मेघी गुरुङ, नेपाली कांग्रेसका राघेश्याम अधिकारी र नेकपा माओवादी केन्द्रका कालीबहादुर मल्ल रहेका छन् ।
बैठक मंगलबार दिउँसो ११ बजेसम्मका लागि स्थगित भएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया