विदुरको पृथ्वी र युनाइटेड विद्यालयमा निशुल्क सेनेटरी प्याड पाइने
नुवाकोट जेठ २८,विदुर नगरपालिका वडा नम्बर ४ को दुई सार्वजनिक विद्यालयमा निशुल्क सेनेटरी प्याट वितरण गरिएको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा पृथ्वी माध्यामिक विद्यालय र युनाईटेड आधारभुत विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको विदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले जानकारी दिएको छ । विद्यालयमा छात्राहरुको संख्यामा कमि आएको भन्दै उनीहरुलाई प्रोत्साहन गर्न र महिनावारीको समयमा पनि विद्यालय आउने वातावरण बनाउन विद्यालयमा सेनेटरी प्याड वितरणको व्यवस्था मिलाइएको वडाअध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए । वडाअध्यक्ष श्रेष्ठले वडा कार्यालयले प्रजनन स्वास्थ्यलाई प्रर्वदन गर्न विद्यालयमै सेनेटरी प्याडको व्यवस्था मिलाएको बताए ।
पृथ्वी मावि र युनाईटेड आधारभुतमा गरि प्रति महिना दुई सयसम्म प्याडको खपत हुने वडा कार्यालयले जनाएको छ । पृथ्वीमा प्रतिदिन १२ देखि १५ ओटा र युनाईटेड आधारभुत विद्यालयमा प्रतिदिन ५ देखि ७ ओटा प्याडको प्रयोग हुने बताइएको छ । यी दुई विद्यालय परिक्षण्को रुपमा लिएको यो कायक्रमले सफलता प्राप्त गरेका आगामी दिनमा अन्य विद्यालयमा समेत प्याडको व्यवस्था मिलाइने विदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया