नेपाल लाइफद्धारा जीवन बीमाको दाबी रकम भुक्तानी
नुवाकोट जेठ ७ ,नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बट्टार शाखाले लिखु गाउँपालिका वडा नम्बर १ खानीगाउँकी बीमित तारा थापा मगरकी श्रीमानलाई जीवन बीमाको दाबी रकम भुक्तानी गरेको छ ।
आइतबार चण्डेश्वरी संरक्षण मञ्च खानीगाउँले आयोजना गरेको २५६३ औ बृद्धजयन्ती तथा घाटु नाच जात्रा २०७६ को अवसर पारी कम्पनीले बिमितका श्रीमान लालबहादुर थापामगरलाई एक लाख ३७ हजार २ सय रुपैयाँको बीमा दाबी रकम भुक्त्तानी दिएको हो । मगरलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी बिकाश न्यौपाने, लिखु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरहरी पाण्डे तथा उत्तरगया दैनिकका प्रकाशक तथा सम्पादक शिव देवकोटाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन ।
कम्पनीमा मगरले एकलाख रुपैयाँकोे जीबन बीमा गरेकी थिइन । उनले वार्षिक ९ हजार ३ सय ८ रुपएयाँको दरले ५ वर्षको बीमा शुल्कबापत ४६हजार ५ सय ४० रुपैयाँ भुक्तानी गरेको नेपाल लाईभ इन्स्योरेन्स कम्पनी लिमिटेड बट्टार शाखाले जानकारी दिएको छ । मगरको गत माघ २३ गते असामहिक निधन भएकोले उनका श्रीमान लालबहादुर थापामगरलाई जीबन बीमाको दाबी भुक्तानी बापतको रकम दिइएको कम्पनीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया