वडा कार्यालयको भवन बनाउँदै बेलकोटगढी नगरपालिका
नुवाकोट जेठ ५, नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ ।
सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको बाँकी दुई महीनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ बनाइने भवनमध्ये वडा नं ९ को नलगाउँ र वडा नं ११ को फूलबारीमा कार्य शुरु भएको छ ।
नगरमा रहेका १३ मध्ये आठ वडामा भवन अभाव छ । चालू आवमा वडा नं ४, ५, ९ र ११ का लागि नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ । उक्त चार स्थानमा भवन निर्माणका लागि रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले विनियोजित गरेको थियो । वडा नं ९ को भवन निर्माणका लागि पिएन निर्माण सेवा प्रालिलाई रु ३५ लाखमा र वडा नं ११ मा भवन बनाउन श्रवशक्ति महामाया प्रालिलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ । नगरपालिका सञ्चालन हुँदै आएको भवनसमेत विपत्बाट जोखिममा परेका समुदायका लागि राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुँदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्नपश्चात नगरपालिकाको लागि भवन बनाउने योजना बनाइएको छ ।
रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया