देशलाई चौतर्फी रुपमा समृद्ध बनाइने प्रचण्डको घोषणा
नवलपरासी, १७ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाटमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, “अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ ।” संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको पनि उनले बताए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ । आजै अध्यक्ष दाहालले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया