मास्टर डिग्री अध्ययन गर्न रसुवामा ५८ जनाले इन्ट्रान्स परीक्षा दिए
रसुवा, रसुवामा स्नातकोत्तर तहको ‘एमएड’ अध्ययनका ागि ५८ जनाले इन्ट्रान्स परीक्षा दिएका छन् । जिल्लाको कालिका गाउँपालिका–२ कालिकास्थानमा रहेको कालिका हिमालय क्याम्पसले यो वर्षदेखि शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहको एमएड पढाइ सुरु गर्दै छ ।
यसअघि एमएड अध्ययनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । क्याम्पसले स्नातकोत्तर तह सञ्चालनका लागि अनुमति पाएसँगै बाहिर जानुपर्ने बाध्यता हटेको हो ।
शनिबार ५८ जनाले इन्ट्रान्स परीक्षा दिएका क्याम्पस प्रमुख भुवन राज भट्टले बताए । ‘यस वर्षदेखि हामीले सञ्चालनका लागि अनुमति पाएका छौँ, उनले भने, अब एमएड पढ्नका लागि अन्त जानु पर्दैन ।’
अहिले शिक्षा, योजना र व्यवस्थापन (इपिएम) विषय मात्र भएकाले विषय थप गर्नका लागि विद्यार्थीले आग्रह गरिरहेका छन् उनले थपे । जिल्लामा तीन वटा क्याम्पस सञ्चालनमा रहेका छन् । बाँकी दुईवटा क्याम्पसमा स्नातक तहसम्मको पढाइ हुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया