आईजीपि खनालको आश्वासनः निर्मलाको हत्यारा जोकोही भएपनि छोडिन्न
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जो कोही भए पनि नछोड्ने पुरानै आश्वासन दोहो¥याएका छन् । आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसंग कुराकानी गर्दै आईजीपी खनाल पहिलेकै आश्वासन दोहो¥याएका हुन् ।
घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले निर्दोष नफस्ने र दोषी जो कोही भएपनि नछाडिने बताएका छन् । अनुसन्धानमा प्रहरी कसैको दबाब र प्रभाव नभएको उनको जिकिर छ । शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।
आईजीपी खनाल निर्मला हत्याकाण्ड पछि दोस्रो पटक कञ्चनपुर आएका हुन । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी एकाइको वस्तुस्थिति लगायतका विषयमा पनि जानकारी लिएका छन् ।
आईजीपी खनाल अहिले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नियमित अनुगमन भ्रमणमा छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना भन्दा बढि समय भैसक्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला अनुसन्धानमा आइजीपी आफै सक्रिय भएका छन् ।
आईजीपी खनाल आईतवार केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहित कञ्चनपुर पुगेका हुन । महानिरीक्षकको टोलीमा ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाही, इन्टरपोलका एसपी उमेशराज जोशी, सचिवालयका एसपीद्वय गणेश रेग्मी र रामदत्त जोशी छन् । यस्तै महानगरीय अपराध महाशाखाका डिएसपी रुँगम कुँवर र वरिष्ठ सई गजेन्द्र रावल पनि महानिरीक्षकको टोलीसंगै यहाँ आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया