विदुर नगरपालिका क्षेत्रभित्रका सिसिटिमी संचालनमा
विदुर खबर
२०७५ मंसिर १० गते १२:२५
नुवाकोट,विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् ।
विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । अपराध नियन्त्रण र कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारकासडक र चोकमा क्यामरा राखिएको छ । विसं २०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्चालनमा ल्याइएको र केही समयदेखि खराबी देखिएकाले सञ्चालन भएको थिएन ।
कुँवरले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाइरहेको र बाँकी २० वटा आजदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया