विदुर नगरपालिका क्षेत्रभित्रका सिसिटिमी संचालनमा

विदुर खबर २०७५ मंसिर १० गते १२:२५

नुवाकोट,विदुर नगरपालिकाका विभिन्न ठाउँमा प्रयोग भइरहेका सिसिटिभी क्यामरा केही वर्षदेखि खराब भई बन्द भएकामा आजदेखि सञ्चालनमा आएका छन् ।

Advertisement

विदुर नगरपालिका आसपासमा विशेष गरी त्रिशूली बजार, कोलनी, विदुर, बट्टार, सङ्गमचोक, गँगटेलगायत मुख्य चोकमा २० क्यामरा राखिएका छन् । सुरक्षाका लागि यी चोक बढी प्राथमिकतामा रहेको प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । अपराध नियन्त्रण र कुनै पनि घटनाको निगरानी तथा अनुसन्धानका लागि बजारकासडक र चोकमा क्यामरा राखिएको छ । विसं २०७२ फागुनदेखि सिसी टिभी क्यामरा सञ्चालनमा ल्याइएको र केही समयदेखि खराबी देखिएकाले सञ्चालन भएको थिएन ।

कुँवरले २४ वटा क्यामराहरुमध्ये चार वटा बनाइरहेको  र बाँकी २० वटा आजदेखि सञ्चालनमा आएको जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया