आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने

विदुर खबर २०८३ असार २४ गते ७:१४

नुवाकोट । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी र तराई भू-भागमा साधारणतया बादल, साथै हिमाली भू(भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।

Advertisement

राति भने देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा मधेश प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशको तराई भू-भागका केहि स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन तथा र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया