आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

विदुर खबर २०८३ जेठ २७ गते ७:५८

नुवाकोट । वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement

प्रतिक्रिया