नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
नुवाकोट । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेलको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अन्य तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको आरोप छ ।
मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन् ।
उक्त घटनामा जाहेरी परेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जनाएको छ ।


पक्राउ पर्नेहरूमा श्रीमान् थापासहित नुवाकोटको तारकेश्वर–४ घर भएका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपासलका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका घर भइ हाल काठमाडौंको गोकणेश्वर नगरपालिका–८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन् ।
नेपाली ब्रो भनेर चिनिने थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए । घरायसी विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया