गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
नुवाकोट । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगादशहराको विशेष मेला सुरु भएकाे छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्न टाढा टाढाबाट आउने क्रम जारी रहेको छ । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
गोसाईंकुण्ड मेला जेठ ३ देखि १२ गते सम्म हुनेछ । समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेटी त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान भएको किम्बदन्ती छ ।
यो कुण्डमा डुबुल्की मारेपछि उकालो चढ्दा लागेको सम्पूर्ण थकाइ समाप्त हुने बताइन्छ । निलाद्री पर्वत अर्थात् गोसाईंकुण्ड तीर्थ समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित छ । यो पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाईंकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।
स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाईंकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाईंकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताए ।
गोसाइँकुण्डमा स्नान गरेको तथा भक्तजन विस्तारै आउने क्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए ।
दशहरा पर्वमा १० दिन एवं जनपूर्णिमाका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा छ । जिल्ला प्रहरी प्रमुख अशाेक थापाले कुनै स्थानमा सुरक्षा चाहिए वा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भए नेपाल प्रहरीको निःशुल्क फोन १०० मा खबर गरिदिन यात्रुसमक्ष अनुरोध गरिएको बताए ।
ट्राफिक व्यवस्थापन अन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुन्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको उनले बताए । यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटेल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरी विनायक, गोसाइँकुण्ड समेतका सबै स्थानमा भण्डारण गरिसकेको होटेल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले बताए ।
गोसाइँकुण्डका यात्रुले बाँस तथा निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पुर्याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।
यसै गरी हिमालय पुत्री पार्वती माता विराजमान रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहोरदोहोर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाईंकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर पनि लाभ प्राप्त गर्न सक्ने मान्यता छ ।

यस वर्ष मलमास परेकाले तिर्थालुहरू कम हुन सक्ने गाेसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै





प्रतिक्रिया