विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाईते भएका छन् ।

आईतवार दिउँसो बेनडाँडास्थत पन्थ गाँउका लक्ष्मण खड्कालाई स्थानिय सुरेन्द्र रिमालले मादक पदार्थ सेवन गरि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरि घाईते भएका खड्काको टाउको, बाँया कानको लोतीको भाग र गर्धनमा चोट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटना लगत्तै घाईते खड्कालाई उनका दाजु रामचन्द्र खड्काले उपचारको लागि त्रिशुली अस्पताल ल्याएका थिए । त्यसलगत्तै प्रहरीको टोली अस्पताल पुगेर अनुसन्धान शुरु गरेको थियो ।
घटनाको अनुसन्धान गर्दा घाइते र खुकुरी प्रहार गर्ने रिमाल दुबैजनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
घटनापश्चात खुकुरी प्रहार गर्ने रिमाल फरार रहेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया