धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
नुवाकोट । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।
अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।
‘खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो,’ नायब उपरीक्षक दाहालले भने ।
स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९८० ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।
पक्राउ परेका तामाङ यसअघि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ । प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई आआफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ ।

दुवै जनालाई आआफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए । रासस
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
एसईईको पूरक परीक्षा असार १ देखि
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
नुवाकोटको किम्ताङ हत्या प्रकरण : ६ जना पक्राउ





प्रतिक्रिया