कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

विदुर खबर २०८३ वैशाख २२ गते १९:३१

नुवाकोट । कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेहरुमा काठमाडौका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजय कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्कीले क्रोएसिया पठाउने भन्दै ८ जनालाई ठगी गरेको आरोप छ । यादवले कतार पठाउने भन्दै २ लाख २० हजार ठगी गरेको आरोप छ ।

Advertisement

पक्राउ परेका दुवै जनालाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

प्रतिक्रिया