एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
विदुर खबर
२०८३ वैशाख ११ गते ११:२७
नुवाकोट । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत चैत २६ गतेदेखि बैंशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख २७ हजार ११७ जनाले दुई करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरको लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

जसअनुसार ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन
नुवाकोट, रसुवा धादिङका बस अब बसपार्कबाट मात्रै छुट्ने
नुवाकोटको बुद्धभुमी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थपियाे
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया