रास्वपा सभापति लामिछाने रसुवामा घन्टी बजाउन आउँदै

विदुर खबर २०८२ फागुन १४ गते ८:०६

रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रसुवा आउने भएका छन् ।

Advertisement

रसुवाको वेत्रावतिमा साँझ ५ बजे आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न उनी रसुवा आउन लागेका हुन् ।

यसअघि उनले नुवाकोटको बट्टारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।

Advertisement

लामिछाने रसुवा आउने भएपछि रास्वपा रसुवाका नेता तथा कार्यकर्ताहरुमा उत्साह छाएको छ ।

प्रतिक्रिया