माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
नुवाकोट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राजीनामा दिने भएका छन् ।

उनी राजीनामा दिने वा मेयर पदमा बसेर राजनीतिक यात्रा जारी गर्ने भन्ने विषयमा लामो छलफलपछि राजीनामा दिएर चुनावमा होमिन लागेका हुन् । उनी माघ पहिलाे साताभित्र मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । कामपा स्रोतका अनुसार सकेसम्म २ वा ४ गते नै राजीनामा दिने तयारीमा छन। राजीनामा दिने मुड बनाएका मेयर साहले काठमाडांै वा झापाको कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन ।
‘राजीनामा दिने लगभग निश्चित भएपछि माघ २ गते हुने भूकम्प सुरक्षा दिवसमा उनले सहभागिता नजनाउने स्रोतको भनाइ छ । खुला मञ्चमा आयोजना हुने भूकम्प सुरक्षा दिवसको आयोजक काठमाडौं महानगरपालिका हो । आयोजक संस्थाका प्रमुखले कार्यक्रमको अध्यक्षता गर्नुपर्छ । मेयर साहले राजीनामा दिने भएपछि उक्त दिवसमा उहाँको उपस्थिति नरहने भएको हो ।
त्यसै गरी मेयरको टिमले कामपा छाड्ने भएपछि सचिवालयले प्रयोग गरेका सबै सामग्री फिर्ता गर्ने प्रक्रिया अघि बढेको छ । ‘मेयर साबले केही लग्नुभएको छैन होला, लगेका सबैले सामग्री फिर्ता गर्नैपर्छ’ –कामपा स्रोतले भन्यो । सोही आधारमा सचिवालयले जिन्सी शाखाबाट सचिवालयका सदस्यले प्रयोग गरेका सामग्रीको लिस्ट मागिसकेको छ । लिस्टको आधारमा फिर्ता गर्ने सबै सामग्री तयारी अवस्थामा राखिएको छ । सचिवालय अन्तर्गत करिब आधा दर्जन सहयोगी छन् । सचिवालयका सदस्यले नै आन्तरिक रूपमा कामपाका सबै विभाग चलाइरहेका छन् ।
उता, महानगर छाड्ने भएपछि विभागीय जिम्मा लिएका सचिवालय सदस्यले विभिन्न विभागमा पुगेका फाइल स्वीकृत गर्न दबाब दिएका छन् । स्रोतका अनुसार धेरैजसो सम्पदा, वातावरण, सहरी विकास, सार्वजनिक निर्माण विभागको फाइल स्वीकृत गर्न दबाब दिइरहेका छन् । सम्भवतः माघ पहिलो साताबाट आचारसंहिता लागू हुने भएपछि त्यसअघि नै फाइल स्वीकृत गर्नुपर्र्ने दबाबमा प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी छन् । मेयर सचिवालयबाट फाइल स्वीकृत गर्न दबाब दिने निश्चित भएपछि कर्मचारी सशंकित भएका छन् ।
उनी निकटका केही शुभचिन्तकले काठमाडौं महानगरको मेयरको बलियो हैसियत बनाएका काठमाडौंबाटै चुनावमा उठ्न सचेत गराएका छन् । केपी ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन व्यग्र प्रतीक्षामा रहेका मेयर साहले आइतबार ललितपुरको ज्वागलस्थित कार्यालयमा झापाका अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग भेटवार्ता भएको थियो ।
मेयर साहभन्दा पनि सचिवालयको हस्तक्षेपका कारण कर्मचारी काम गर्न त्रसित भएका थिए । जानुअघि फाइल स्वीकृत गर्न सचिवालयका सदस्यले विभिन्न विभागीय प्रमुखलाई निरन्तर दबाब दिन थालेका छन् । ‘हामीलाई अबको एक साता कसरी टिक्ने भन्ने चिन्तामा छ’ –एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार सचिवालय र सहायक विज्ञका नाममा भर्ना भएका मेयरका निकटले विभागीय प्रमुखलाई फाइल स्वीकृत गर्ने दबाब आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मौन अवधि सुरु, सबैखाले प्रचार बन्द
नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु





प्रतिक्रिया