चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
विदुर खबर
२०८२ पुष ९ गते १०:३९
नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया