बागमती प्रदेशको सभामुखमा कांग्रेसको दाबी
नुवाकोट । बागमती प्रदेशको रिक्त सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ ।

शुक्रबार दिउँसो हेटौंडामा दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त प्रदेश सभाको सभामुखमा नेपाली काँग्रेसले दाबी गर्ने निर्णय गरेको हो ।
राप्रपाबाट सभामुख रहेका भुवन कुमार पाठकले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा राजीनामा दिएका थिए ।
उनीसँगै राप्रपाका अन्य सांसदहरुले पनि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि आधिकारिक रूपमा प्रदेश सभामा राजीनामा नदिएको बताउँदै आएका छन् ।
बैठकले प्रदेशमा देखिएका विपद् व्यवस्थापनका चुनौतीबारे चर्चा गर्दै स्थानीय सरकारसँग समन्वय गरी तीव्र गतिमा राहत तथा पुनःस्थापना कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

आगामी पूरक बजेटका सम्बन्धमा दलभित्र थप छलफल गर्ने र सत्ता गठबन्धनसँग सहकार्य गर्दै सभामुख पदमा नेपाली कांग्रेसको दाबी रहने बैठकले स्पष्ट पारेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया