साफ यू–१७ फुटबलमा नेपाल आज बंगलादेशसँग भिड्दै

विदुर खबर २०८२ असोज २ गते १५:४०

नुवाकोट । साफ १७ वर्षमुनि फुटबल प्रतियोगितामा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे कोलम्बोमा हुनेछ । पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ ।

समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

Advertisement

मंगलबार भारतले माल्दिभ्सलाई ६–० तथा पाकिस्तानले भुटानलाई ४–० गोलले हराउँदै तीन–तीन अंक जोडेका छन् ।

प्रतिक्रिया