सत्ता हल्लाउने जेनजी पुस्ता : दक्षिण एसियाको नयाँ राजनीतिक पहिचान
नुवाकोट । नेपालको जेनजी आन्दोलनले दोस्रो दिनमै सत्ता उलटपुलट भएको छ ।

आन्दोलनको पहिलो दिनमै १९ जना युवाहरूको मृत्यु भएपछि आन्दोलनले चर्को रूप लियो । फलस्वरूप दोस्रो दिन पनि ३ जनाको मृत्यु हुनपुग्यो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य हुनुपर्यो । तर, आन्दोलन त्यतिकैमा रोकिएन, राष्ट्रपति भवन, सिंहदरबार, सांसद भवन, बालुवाटारको प्रधानमन्त्री निवास, सर्वोच्च अदालतलगायतका सार्वजनिक भवनहरूमा तोडफोड आगजनी गर्नुका साथै तीनै ठूला दलका नेताहरूको निवास जलाउने, घरभित्रै छिरेर कुटपिट गर्नेलगायतका अप्रिय घटनाहरू भए ।
तर, नेपालको यो घटना पछिल्लो पटक दक्षिण एसियाका श्रीलंका र बंगलादेशको आन्दोलनसँग मिल्दोजुल्दो छ । आन्दोलन भड्किँदा त्यसले जंगल राजको झल्को दिएर मानव सभ्यतामाथि नै पनि प्रश्न खडा गरेको छ । तर, यी अँध्यारा पाटाहरूलाई एकातिर पन्छाएर हेर्ने हो भने यी तीनवटै आन्दोलनहरूले एउटा गहिरो सन्देश दिएको छ । त्यो हो, दक्षिण एसियकाका युवा पुस्ता अब मौन छैनन् ।
असमानता र भ्रष्टाचारले सीमा नाघ्दै जाँदा, बेरोजगारी र अवसरको अभावले हिनता बढाउँदै जाँदा युवा मौन बस्दैनन्, सडकमा उत्रन्छन्, प्रश्न गर्छन् र सत्ता हल्लाउँछन् । नेपालको जेनजी आन्दोलनको मूल कारण सामाजिक सञ्जाल बन्द हुनुलाई गलत रूपमा व्याख्या गर्न मिल्दैन । तमाम बेथितिका बारेमा युवा पुस्ताले सामाजिक सञ्जालबाट कुरा उठाइरहेका थिए । उक्त माध्यम बन्द हुँदा विकल्पको रूपमा आफ्नो आवाज सुनाउन उनीहरू सडकमा उत्रिएका मात्रै हुन् ।
दक्षिण एसियाको राजनीतिक नक्सामा युवा पुस्ताहरूको पछिल्लो आन्दोलनले एउटा नयाँ संकेत दिएको छ । नेपालको जेनजी आन्दोलन, सन् २०२४ को बंगलादेशको विद्यार्थी आन्दोलन, सन् २०२२ र श्रीलंकाको ‘गोटा गो होम’ आन्दोलनले भविष्यका कर्णधारका रूपमा हेरिने युवा पुस्तालाई वर्तमानको निर्णयक शक्तिको रूपमा स्थापित गरेको छ । चाहे आर्थिक संकट होस् वा सामाजिक न्याय वा डिजिटल स्वतन्त्रता यी सबैमा युवा पुस्ताले परिवर्तनको बाटो देखाउने काम गरेको छ ।
यी तीनै आन्दोलनका साझा विशेषता भनेकै भ्रष्टाचार, असमानता र असन्तोषविरुद्ध युवा पुस्ताको विद्रोह हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया