बागमती प्रदेशमा एक वर्षमा ६ वटा कानुन निर्माण
नुवाकोट । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा ६ वटा कानुन निर्माण गरेको छ ।

प्रदेशको एकल तथा साझा अधिकारका विषय कार्यान्वयन गर्ने क्रममा प्रदेश सरकारले आर्थिक वर्ष ०८१/८२ मा ६ वटा कानुन निर्माण गरेको हो । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार प्रदेश सभाबाट पारित भएका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरणसहित राजपत्रमा प्रकाशन भएर कार्यान्वयनको चरणमा छन् ।
प्रदेश सभाले ५ जेठ ०८२ बाट सुरु भएको बजेट अधिवेशनका क्रममा पाँच र गत हिउँदे अधिवेशनमा एउटा विधेयक पारित गरेको हो । जेठबाट सुरु भएको बजेट अधिवेशनले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन संशोधन विधेयक, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक, स्वास्थ्य ऐन संशोधन विधेयक, प्रादेशिक व्यापार ऐन संशोधन विधेयक र प्रादेशिक व्यवसाय सञ्चालन ऐन संशोधन विधेयक प्रदेश सभाबाट पारित गरी कानुनी मान्यता प्रदान गरेको हो ।
यसै अवधिमा दुईवटा सालबसाली विधेयक पनि पारित भएको उनले जानकारी दिए । यसअघि प्रदेश सभाले गत हिउँदे अधिवेशनमा एउटा मात्र संशोधन विधेयक पारित गरेको प्रवक्ता गुप्ताको भनाइ छ । १९ माघ ०८१ बाट सञ्चालनमा आएको हिउँदे अधिवेशन जम्मा पाँच दिन बसेर सकिँदा एउटा मात्रै विधेयक पारित भएको थियो । बजेटमाथि विवाद हुँदा दलहरूबिचको अन्तद्र्वन्द्वले प्रदेश सभा बैठकसमेत रोकेर अधिवेशन नै अन्त्य गरिएको थियो ।
१९ माघमा सञ्चालनमा आएको अधिवेशनमा केही संशोधन विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन पेस भएको थियो । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने क्रममा दलहरूबिच गत आर्थिक वर्षको बजेटमाथि विवाद हुँदा बैठक सञ्चालन हुन सकेन । २६ माघमा स्थगित गरिएको बैठक २० चैतमा अन्त्य गरिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो अवधिमा उक्त ऐनसँग सम्बन्धित नियमावली २, निर्देशिका १, मापदण्ड ४, कार्यविधि ६, सूचना जारी भई राजपत्रमा प्रकाशन भएका छन् । उक्त अवधिमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रदेश निजामती सेवानियमावलीको ड्राफ्ट तयार भई मन्त्रिपरिषद्बाट स्वीकृतिको चरणमा छ ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि दीर्घकालीन सोचसहितको प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन गरिएको पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग
बच्छला माविका २३८ विद्यार्थीलाई न्यानो कपडा वितरण
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पुनर्निर्माणमा एनसेल फाउन्डेसनले सघाउने
“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि
तुप्चेका रिजालले सामाजिक सेवामार्फत जन्मदिन मनाए





प्रतिक्रिया