नुवाकोटको दुप्चेश्वरमा गाउँलेले श्रमदान गरेर अवरुद्ध सडक खुलाए

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नमबर २ गाउँखर्कको पाङ्गारमा गाउँलेहरुले श्रमदान गरेर अवरुद्ध सडक खुलाएका छन् ।

गत असार १३ गते आएको बाढीले अवरुद्ध भएको सडक स्थानियहरुले हाते औजारको प्रयोग गरेर श्रमदान मार्फत अवरुद्ध सडक खुलाएका हुन् । गाउखर्कको पाङ्गार भन्ने ठाउँमा पाङ्गारबाट छेपार,नाटाङ गोल्फुभन्ज्याङ सिन्धुपाल्चोक हेलाम्बु हुँदै काठमाडौ जाने सडक स्थानियले आफै श्रम दान गरेर खुलाएको स्थानिय रविन तामाङले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि गाउँनै यातायातको पहँचबाट वाहिर रहेपछि स्थानियहरुले सोमवार प्रत्येक घरबाट एक÷एक जनाको सहभागितामा श्रमदान गरि अवरुद्ध सडक खुलाएका हुन् । गाउँपालिकालाई खबर गर्दा ठुलो मेसिन ल्याउन नसक्ने जवाफ पाएपछि समाजसेवी दोर्जे तामाङको विशेष पहलमा गाउँलेहरुले श्रमदान गरेका थिए ।

बाढी र पहिरोले अवरुद्ध पारेको सडकको खोलामा वाल लगएर सोलिङ गरेपछि यहि बाटोको डिप्ले भन्ने ठाउँमा पहिरोको हिलो पन्छाएर बाटो मर्मत गरि यातायात सुचारु गरिएको छ ।
श्रमदानमा गाउँका झण्डै ७० भन्दा बढीको उपस्थिति रहेको थियो ।
अबरुद्ध भएको सडक संचालनमा आएसँगै स्थानियहरु खुशी भएका छन् । सडक संचालनमा आएसँगै केही दिनमा नै सिन्धु आमायाङ्री यातायात प्रालिले काठमाडौको नारायणटारबाट टाटा सुमो सन्चलन गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया