गाउँपालिका र नगरपालिकामा निमित्त प्रप्रअ शून्य अभियान: दृढताक साथ कार्यान्वयन गरिने
नुवाकाेट । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत निमित्त राख्ने परम्परालाई अन्त्य गरेसँगै त्यसको सशक्त कार्यान्वयन गरिने प्रतिबद्धता जनाएकी छिन् ।

उनले नयाँ जिम्मेवारीमा खटिएका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीताका साथ निर्वाह गर्न आग्रह गर्दै पालिका प्रमुख र जनप्रतिनिधिहरूलाई पनि जिम्मेवारी लिएर आएका प्रमुख प्रशासकीय अधिृकतलाई स्वागत गर्न र उनीहरूकाे क्षमताको भरमग्दुर उपयोग गर्न आग्रह गरे ।
मन्त्री न्यौपानेकै योजनाअनुसार मन्त्रालयले गत बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका १०५ नगरपालिका र ८६ गाउँपालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । त्यसरी नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएसँगै देशभरका सबै गाउँपालिका र नगरपालिकामा निमित्त पूरै हटेको छ ।
अब कुनै पनि गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छैनन् । कतिपयले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताइरहेको अवस्थामा मन्त्री न्यौपानेले गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शून्यमा झारिएको निर्णयको दृढताका साथ कार्यान्वयन गरिने बताएकी हुन् ।
मन्त्री न्यौपानेले कार्यभार सम्हाल्दा देशभरका ७ सय ५३ वटा पालिकामध्ये २ सय पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहँदा सेवा प्रवाह मा समस्या देखिँदै आएको थियो भने सुशासनका दृष्टिले पनि ती पालिकाहरू कमजोर बन्दै आएका थिए ।
मन्त्री न्यौपानेले सुशासनको मुख्य औजार कर्मचारी प्रशासन रहेको बताउँदै यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्ने भएकाले सोहीअनुसार पालिकाहरूमा कर्मचारीको उचित व्यवस्थापन गरिएको बताइन् । मन्त्री न्यौपानेको दृढ प्रतिबद्धता, नीतिगत नेतृत्व र प्रशासनिक सहजीकरणका कारण अब सम्पूर्ण स्थानीय तहहरूमा दरबन्दीअनुसारका प्रप्रअ खटाइएकाले पूर्ण जिम्मेवारीसहितको प्रशासनिक नेतृत्व सुनिश्चित भएको छ ।
निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारीहरूबाहेक, मन्त्रालयले पारदर्शिता, कार्यकुशलता र भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।
यसक्रममा २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा कामकाजका लागि खटिएका तथा फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुँदा यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । अब मन्त्रालयले कुनै पनि गाउँपालिका र नगरपालिकामा निमित्त जोसुकै भए पनि उसलाई कुनै प्रकारको आर्थिक अधिकार नदिने स्पष्ट पारेको छ ।
यसपटक निमित्तलाई शून्यमा पार्दा असहयोग गर्ने र हाजिर गर्न नदिने स्थानीय तहको आर्थिक अधिकार सीधै कटौती गरिदिने रणनीति मन्त्रालयले अख्तियार गरेको छ । साथै खटिएका सबै कर्मचारीहरू अनिवार्य रूपमा पालिकाहरूमा जानै पर्ने र कुनै पनि किसिमको बहानाबाजीको सम्बोधन नहुने जानकारी मन्त्रालयले गराएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया