बागमतीमा ‘नो हेल्मेट, नो फ्यूल’ अभियान कार्यान्वयन हुने
नुवाकोट । बागमती प्रदेशमा अब दुईपाङ्ग्रे सवारी साधनमा हेल्मेट नलगाई पेट्रोल पम्पबाट इन्धन पाउन नपाइने भएको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘नो हेल्मेट, नो फ्यूल’ अभियान तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
अभियानको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला प्रशासन र सुरक्षा निकायमार्फत निगरानी गरिनेछ । यससँगै नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशले पेट्रोल पम्पमा ‘हेल्मेट अनिवार्य’ भन्ने सन्देशमूलक बोर्ड राख्ने व्यवस्था मिलाउन पत्राचार गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री बानियाँले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकको मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।
बैठकमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका तर्फबाट प्रदेशभित्र दिनानुदिन बढ्दो दुर्घटनाको अवस्था र कारणबारे प्रस्तुतीकरण राखिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया