रसुवाको प्रजिअमा पन्थी

विदुर खबर २०८२ भदौ ४ गते २१:४३

नुवाकोट । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।

Advertisement

बुधबार सचिवस्तरीय निर्णयबाट १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो।

उनीहरूलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ । यस्तै उपसचिव राजेन्द्र पन्थीलाई रसुवा जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

Advertisement

रसुवाको प्रजिअ अर्जुन पौडेललाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया