रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गर्ने निर्णय
विदुर खबर
२०८२ साउन ३१ गते ८:३५
नुवाकोट । कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको छ ।

विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् । यसअघि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार स्थानान्तरणको लागि जेल प्रशासनमा निवेदन दिएका थिए । उनले डेढ महिना अगाडि नै निवेदन पनि गृह मन्त्रालयले प्रक्रिया अगाडि बढाएको थिएन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया