चौथो एनयुएफसी अन्तर विद्यालय फुटसल प्रतियोगिता सुरु
नुवाकोट । एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले गरेका थिए । प्रतियोगिताको उद्घाटन खेल हिमालयन एकेडेमी र महिन्द्र माविविच भइरहेको छ ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा छात्रातर्फ १४ टिम र छात्रतर्फ ३६ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाइटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

एनयुएफसीको फुटसल मैदान बट्टारमा हुने प्रतियोगिाताको विजेता र उजविजेताले नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता लिगकम नक आउटका आधारमा खेलाइने छ ।

फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका सभापति विजय गुरुङ र विदुर नगर खेलकुद समितिका अध्यक्ष अच्युत महन्त गिरी लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया