गलाको सिक्री थुत्ने धादिङका लम्साल पक्राउ

विदुर खबर २०८२ साउन १३ गते १४:२३

नुवाकोट । पैदल हिँड्दै गरेकी महिलाको गलाको सिक्री थुतेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भइ कलंकी बस्दै आएका ३१ वर्षीय दीपेश लम्साल छन् । प्रहरी वृत्त कालिमाटीको टोलीले उनलाई कलंकीबाट पक्राउ गरेको हो ।

उनले ९ साउनको दिउँसो ४ बजेतिर काठमाडौं महानगरपालिका–१४ लामपाटीस्थित सडकमा हिँड्दै गरेकी ७३ वर्षीया रुकमिणी रायमाझीको गलाको सिक्री थुतेर फरार भएका थिए ।

Advertisement

उनको १ तोला २५.८ लालको सिक्री चोरी गरेर फरार भएका उनलाई सोही दिन दिउँसो साढे ५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध चोरीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया