देशभर मनसुन सक्रिय, भारी वर्षा र पहिरोको जोखिम
विदुर खबर
२०८२ साउन ५ गते ७:४८

नुवाकोट । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति देशभर सामान्य बदली रहनेछ। विशेषगरी पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया