साफ यू–२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको गोल वर्षा

विदुर खबर २०८२ साउन ४ गते २०:३८

नुवाकोट । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि गोलको वर्षा गर्दै ८–० को शानदार जित दर्ता गरेको छ।

Advertisement

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालको जितसँगै अंक तालिकामा नेपाल शिखरमा उक्लिएको छ।

नेपालका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गर्दै आफ्नो नाम सुनाइन् भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक/एक गोल थपेर जितको रङ गाढा बनाए।

Advertisement

भुटानको पोस्ट अगाडि नेपालको आक्रमण एकतर्फी देखियो, जहाँ नेपालका खेलाडीहरू गोल गर्ने सिलसिला रोक्नै चाहिरहेका थिएनन्। यस अघि श्रीलंकाविरुद्ध दुई खेलमा पनि नेपालले ७-० को फराकिलो जित हात पारेको थियो।

आयोजक बंगलादेश, भुटान, श्रीलंका र नेपालको सहभागितामा डबल राउन्ड रोबिनका आधारमा खेल भइरहेको प्रतियोगितामा नेपालले ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ। तीन खेल खेलेको घरेलु टोली बंगलादेश ९ अंकमा छ।

Advertisement

अब नेपालको नजर सोमबार बंगलादेशविरुद्धको खेलमा हुनेछ, जहाँ जित निकाल्दै उपाधि नजिक पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया