धादिङ धुनीवेशी-४ का वडाध्यक्ष पक्राउ
विदुर खबर
२०८२ असार २९ गते ६:५६
नुवाकोट । धुनीवेशी नगरपालिकास्थित वडा नम्वर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार विहान कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको खोजीको सूचीमा रहेका सुवेदी सात महिना अधिदेखि फरार थिए । अध्यक्ष सुवेदी सार्वजनिक किर्ते मुद्दाको फरार प्रतिवाद हुन् ।
सुवेदीले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको भनी जन्मदर्ता गरेर त्यही जन्मदर्ताको आधारमा नागरिकता बनाई जग्गा विक्रि गरेको आरोपमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भई प्रहरीको खोजी गरिरहेको थियो ।
सुवेदीलाई पक्राउ गरे लगत्तै धादिङ लगिएको छ ।
उनी २०७४ मा नेकपा एमाले र २०७९ मा नेकपा एकीकृत समाजवदी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया