घाँटीमा मासु अड्किएर वृद्धको मृत्यु

विदुर खबर २०८२ जेठ ३२ गते १९:३०

नुवाकोट । धनकुटाको महालक्ष्मी नगरपालिकाका एक वृद्धको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेम बहादुर लिम्बू रहेका छन् । उनलाई गत जेठ २१ गते राति सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो ।

गम्भीर अवस्था भएपछि लिम्बूलाई उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

घटनासम्बन्धी पोष्टमार्टम लगायत अन्य कानूनी प्रक्रिया तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया