नुवाकोटका अर्याललाई बागमती प्रदेश युवा पत्रकारिता पुरस्कार
नुवाकोट । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले जनआन्दोलनका घाइते समेत रहेका पत्रकार रामचन्द्र अर्याललाई प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

हिमालय टेलिभिजनमा रिपोर्टिङ संयोजक र उक्त टेलिभिजनको कार्यक्रम फेसटुफेसका सञ्चालक समेत रहेका अर्याललाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।
प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामीछानेले अर्याललाई सम्मन गरेका हुन ।
सम्मानपछि पत्रकार अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्रलई संस्थागत र बलियो बनाउन पत्रकारिता मार्फत् थप भूमिका खेल्न प्रेरित गरेको बताए ।
२०६२/०६३ को जनआन्दोलनका घाइते समेत रहेका पत्रकार अर्याल २०६५ देखि निरन्तर पत्रकारीतामा छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका अर्याल ७ वर्षदेखि हिमालय टेलिभिजनमा कार्यरत छन् । माउण्टेन टेलिभिजनमा करिब ८ वर्ष काम गरेका अर्यालले विभिन्न पत्रपत्रिका र अनलाइनमा समेत काम गरेका छन् ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव अर्यालले यस अघि पनि विभिन्न सम्मान र पुरस्कार पाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया