माइक्रोबस चोरी गर्ने एक जना पक्राउ
विदुर खबर
२०८२ जेठ ३ गते ८:५०

नुवाकोट । काठमाडौँको बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी भएको छ । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
२९ चैतमा साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया