मेरो माइक्रोफाइनान्सको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बट्टार नुवाकोट मार्फत आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता तथा वार्षिक केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोटका प्रमुख रबिन्द्र प्रसाद कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिदुर नगरपालिका वडा न. २ का वडाध्यक्ष दिपक कायस्थले संस्थाले नुवाकोटमा पुर्याएको वित्तीय चेतना मात्र नभै आर्थिक रुपमा महिला दिदीबहिनीहरुलाई सक्षम बनाउन सफल रहेको बताए ।
त्यस्तै बिदुर ४ का वडाध्यक्ष निलम बाबु ढुङ्गेलले समाजमा महिला सशक्तीकरण मार्फत आर्थिक उपार्जनमा सघाउ पुर्याएको बताए ।

कार्यक्रममा वार्षिक केन्द्र मुल्यांकनको आधारमा प्रथम, दोश्रो , तेस्रो र सान्त्वना हुनेलाई प्रसंशा पत्र सहित नगद पुरस्कार वितरण गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया