बट्टारमा स्कुटर र आईचर ठोक्किँदा दुई जना घाइते
विदुर खबर
२०८१ चैत ८ गते २२:२४

नुवाकोट । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावा घरमा मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको छ ।

कुखुरा बोक्ने बा ०१ ८३९८ को आइचरले ठक्कर दिँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा विदुर ६ विजयक कुमाल र बिदुर ४ का कृष्णमणि अधिकारी रहेका छन्।
घाइतेहरुलाइ त्रिशुली अस्पताल लगिएको छ ।
सम्बन्धित
प्रतिक्रिया