नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउछु : प्रशिक्षक रस
नुवाकोट । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेपछि सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका हुन् ।
प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम गर्न लागेको बताउदै नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडी रहेको बताएका छन् ।
उनले विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई थप निखार्ने योजना रहेको पनि सुनाए ।
करिब २० वर्षको प्रशिक्षण अनुभव बोकेको प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकास गर्नुपर्ने आवश्यकता औंल्याउदै केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा हेरेको र उनीहरुसँग काम गर्न उत्साहित रहेको बताए ।
अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूको लागि राष्ट्रिय टोलीको ढोका खुला रहने स्पष्ट पार्दै उनले सबैभन्दा योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे । रसले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल
हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा





प्रतिक्रिया