तेस्रो पिपलटार अन्तरविद्यालय फुटसल प्रतियोगिता शुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा शनिवारदेखि तेस्रो पिपलटार अन्तरविद्यालय फुटसल प्रतियोगिता शुरु भएको छ ।
पिपलटार फुटवल क्लबको आयोजनामा भएको प्रतियोगिताको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थ र वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले फुटसलले
फुटबल खेलको विकासको लागि सहयोग गर्ने बताए । उनले निजि क्षेत्रबाट यस्ता खेलकुद कार्यक्रम हुनुले खेल क्षेत्रको विस्तारमा सहयोग पुग्ने बताए ।
प्रतियोगितामा छात्रातर्फ ७ टिम र छात्रतर्फ २० टिमको सहभागिता रहेको आयोजक पिपलटार फुटवल क्लबले जनाएको छ ।
कार्यक्रममा एसइईमा जिल्लाबाट उत्कृष्ट नजिता हात पार्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया