धैबुङ धोवीखोला सडक संचालन

विदुर खबर २०७५ असोज १९ गते २:४२

Advertisement

रसुवा,गत असारमा अवरुद्ध दक्षिणी रसुवाको धैबुङ धोविखोला सडक संचालनमा आएको छ । कालिका गाउँपालिका वडा नं. ५का वडाध्यक्ष रामहरी देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजि सहयोगबाट स्काभेटरको सहायताले ५ दिनको प्रयासमा धैबुङ, घुम्तीदेखि पूर्वी भेग जीवजीवेतर्फको ग्रामिण कृषि सडक आजबाट सवारीसाधन आवतजावत भएको हो ।

वि.सं. २०५४मा निर्माण भएको धैबुङ घुम्ती, जीवजीवे कृषि सडक अन्तर्गत धोविखोलाको भुभाग क्षेत्रमा वर्षायाम सुरु हुनसाथ सडक सतह बग्ने माथिबाट पहिरो आउने, वर्षेनी बढ्दै गएको २ वडाको सीमित बजेट र जनताको श्रमदानवाट पहिरो रोकथाम गर्ने कुनै सम्भावना नभएकाले विशषेज्ञद्धारा भौगर्भिक अवस्था परीक्षण दीर्घकालीन समस्या समाधान गरिदिने व्यवस्थाका लागि सरकारसँग आग्रह गरिएको वडाध्यक्ष देवकोटाले बताए ।

Advertisement

विशेष गरी वर्षायाममा धोविखोला र पाहाखोला पहिरोले मानिस ओहोरदोहोरमा समेत ठुलो समस्या भएको र यी दुई स्थानको पहिरो अढ्याउने कदमका लागि केन्द्र र प्रदेश सरकारले विशेष कदम चाली दीर्घकालीन समस्या समाधान गरी दिन त्यस क्षेत्रका स्थानीयले आग्रह गरेका छन् ।

सडक संचलान भएसँगै जीवजीवेबाट काठमाडौका लागि चल्ने नियमित यात्रुबाहक बस आजैबाट संचालन भइसकेको छ । बस संचालनसँगै जीवजीवे, ज्याङलाङ, घलेगाउँ, बेताङ, सस्र्यु, खाल्चेत, आरुखर्क, धोर्मु लगायका बासिन्दालाई नियमित आवातजावतमा सहज भई दैनिक १ हजार ५ सयभन्दा बढी बासिन्दालाई सहजता आएको छ ।

Advertisement

हिउँदे सडकमा मात्र सीमित रहेको धैबुङ घुम्तिदेखि जीवजीवे, सस्र्युसम्म करिब १० किमी ग्रामिण कृषि सडक अन्तर्गत धोविखोला पहिरो हटाई यातायात संचालनमा सहयोग सांसद मोहन आचार्यको सहयोग हितकारी भएको समाजसेवी साधुराम पौडेलले बताए ।

प्रतिक्रिया