तेस्रो एनयुएफसी फुटसल प्रतियोगितामा २४ विद्यालय सहभागी हुने
नुवाकोट । नुवाकोटको बट्टारमा बिहिबारदेखि शुरु हुने तेस्रो एनयुएफसी फुटसल कप फुटसल प्रतियोगितामा जिल्लाका २४ विद्यालयको सहभागीता रहने भएको छ ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा छात्रातर्फ १२ र छात्रतर्फ २५ विद्यालयको सहभागिता रहने बताइएको छ ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेता र उपविजेताले नगद, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्ने प्रतियोगिताका सयोजक तथा नुवाकोट युनाइटेड फुटवल क्लबका कविन्द्र कोईरालाले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने गोलकिपर, उच्च गोलकर्ता, उत्कृष्ट खेलाढी र प्रशिक्षकले समेत ट्रफी र सम्मान पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको खेल यहि साउन ३१, ३२ र भदौ १ गते खेलाइने छ ।
प्रतियोगिताको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गर्नेछन् । प्रतियोगिताको ड्र समेत सार्वजिनक गरि सकिएको छ ।
उद्घाटन खेलमा श्री युनाइटेड आधारभुत विद्यालय र स्टार ईङ्लिस बोर्डिङ स्कुलवीच प्रतिष्पर्धा हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया