नुवाकोट जिल्ला लिग छनोटको उपाधि बट्टार युथ क्लबको पोल्टामा
नुवाकोट । नुवाकोटमा जारी नुवाकोट जिल्लास्तरीय लिग छनौट नकआउट फुटबल प्रतियोगिताको उपाधी बट्टारको बट्टार युथ क्लबले हात पारेको छ ।
बुधवार सम्पन्न भएको फाईनल खेलमा विदुरको वनदेवी युवा क्लबलाई ट्राइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बट्टार युथ क्लबले उपाधि हात पारेको हो ।
निर्धारित समयमा दुबै टोलीले समान १÷१ गोल गरेपछि खेल ट्राइव्रेकरमा धकेलिएको थियो । बट्टारको लागि सागर दर्जी र वनदेवीका लागि विशाल थापामगरले गोल गरेपनि त्यसपछि कुनै गोल हुन नसकेपछि खेल ट्राइव्रेकरमा गएको थियो । ट्राइब्रेकरमा बट्टार युथ क्लबले वनदेवीलाई ४–३ गोल अन्तरले हराएको हो ।
बनदेवि न्यु ईनारपाटी युथ क्बललाई हराउँदै फाईनल प्रवेश गरेको थियो भने र बट्टार युथ क्लब पिपलटार फुटवल क्लबलाई पराजित गर्दे फाईनल प्रवेश गरेको थियो ।
प्रतियोगिताका विजेता र उपविजेतालाइ विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटी लगायतले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
नुवाकोट फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका विभिन्न १० क्लबहरुले सहभागिता जनाएका थिए । उपाधि विजेता बट्टार युथ क्लबसहित उपविजेता बनेको बनदेवी युवा क्बल तथा सेमिफाईनल पुगेको न्यु ईनारपाटी युथ क्बल र पिपलटार फुटवल क्लब जिल्ला लिगमा छनोट हुनेछन् ।
नुवाकोट जिल्ला लिग यहि जेठ १५ गतेदेखि शुरु हुने नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए ।
जिल्ला लिगमा जिल्लाका विभिन्न १२ क्लबको सहभागिता रहने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया