ओमानलाई हराउदै युएई एशिया कपमा छनौट
विदुर खबर
२०८१ वैशाख ९ गते १९:५८
नुवाकोट । युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ ।
एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो । युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन मात्र बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।
एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ । त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् ।
यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया