सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवन बन्ने पक्का
नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवन बन्ने पक्का भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ६ रोपनी बनको जग्गा उपलब्ध गराउन बन मन्त्रालयमार्फत् अनुमती दिएसँगै गाउँपालिकाको भवन बन्ने पक्का भएको हो ।
सूर्यगढी गाउँपालिकाले जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकिय भवन निर्माण गर्न सकेको थिएन । गाउँपालिका अध्यक्ष सन्तवहादुर घले लगायतको लामो समयको प्रयासपछि सूर्यगढी गाउँपालिका वडा नं. ३ को तिनथुम्कीमा ६ रोपनी जग्गा प्राप्त गरेको छ ।
गाउँपालिकाले भवन निर्माणको लागि आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रमबाट १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । भवनको डिपिआर समेत तयार भइसकेको पालिकाले जानकारी दिएको छ । अहिलेको बजेटबाट जग्गा सम्याउनुका साथै ठेक्का खोलेर भवन निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष घलेले विदुर खवरलाई जानकारी दिए ।
गाउँपालिकाले जग्गा प्राप्ति गरे पनि डिभिजन बन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एक बराबर अन्यत्र १० बिरुवा लगाउनु पर्ने हुन्छ । केही व्यक्तिको जग्गा मिलाएर भवन निर्माणको कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेले बताए ।
पालिकाको भवन बनाउन जग्गा प्राप्ति भएपछि सूर्यगढी गाउँपालिकाको स्थायी कार्यालय बन्ने भएपछि स्थानियहरुमा समेत खुशी छाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया