नुवाकोटको ताकेश्वर गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर भएको छ ।
मंगलवार उच्च अदालत पाटनले रिट खारेज गर्दै गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर गरेको हो । तारकेश्वर गाउँपालिकाले गत भदौ १८ गते शिक्षकहरुको सरुवा गरेको थियो ।
गाउँ शिक्षा समितिको ०८०÷०४÷२६ को निर्णय र गाउँ कार्यपालिकाको श्रावण ३० गते को निर्णय अनुसार भनी गरिएको काज सरुवा बिरुद्ध उच्च अदालत पाटनमा परेको रिटमा न्यायधिश ऋषिराम दवाडी र कैलास सुवेदीको संयुत्त इनलासले गाउँ पालिकाले गरेको निर्णय कानुनसम्मत भएको भन्दै रिट खारेज गरेको हो ।
रिट खारेज भएसँगै गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपालिकाले निर्णय गरे अनुसार कार्यान्वयनमा ढिलाई नगर्न शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
उनले पालिकाले खटाएकै विद्यालयमा तत्काल हाजिर भएर काम गर्न समेत सबै शिक्षकहरुलाई आग्रह गरेका छन् ।
गाउँपालिकाको निर्णयविरुद गोविन्द प्रसाद नेपाल, कृष्णश्याम नेपाल लगायतले उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया