जन्मदिनमा आमाको माया छात्रवासलाई खाद्यान्न सहयोग
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० भैसेका समरसिद्धि घिमिरेले विदुर नगरपालिका वडा नम्बर २ मा रहेको आमाको माया छात्रवासमा आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न सहयोग गरेका छन् ।
आफ्नो ७ औ जन्मदिनको अवसर पारेर घिमिरेले वुवा विजय घिमिरे र आमा प्रतिक्षा अधिकारीसहित छात्रवास पुगेर छात्रवासमा आश्रय लिइरहेका बालकहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् । वितरण गरिएको सामाग्रहरुमा चामल, दाल, तेल, नुन र प्रेसर कुकर लगायत रहेका छन् ।
जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कर्ममा जोडिन पाएकोमा उनका वुवा विजयले खुशी व्यक्त गरे । सामाजिक भावना र यसको जगमा गरिने विभिन्न कर्महरुबाट आश्रम चल्दै गएको संचालक सोमप्रसाद पाण्डेले जानकारी दिए ।
नुवाकोटको सदरमुकाममा सञ्चालित भएपनि आश्रम सहयोगकै भरमा चल्दै आएको छ । आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।
आमाको माया छात्रवासमा अहिले २० जना असहाय र गरिव बालिबालिकाहरु बस्दै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया